Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

खोलाले बगाएर वडा सदस्यको मृत्यु

खोलाले बगाएर वडा सदस्यको मृत्यु


  • 2.0K
    Shares

    खोलाले बगाएर वडा सदस्यको मृत्यु

    नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का  निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।

    बेलकोटगढीको वडा नं १० र १२ हुदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उहाँलाई बगाएको हो । 

    तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताउनुभयो । उहाँ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    प्रकाशित मिति :श्रावण ११ २०७९ बुधवार - ०९:४७:५२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij