Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सरकारले इसीडी शिक्षककाे उचित व्यवस्थापन गर्न सकेन, तोकिएको पारिश्रमिक पनि दिएन: सांसद विद्या भट्टराई

सरकारले इसीडी शिक्षककाे उचित व्यवस्थापन गर्न सकेन, तोकिएको पारिश्रमिक पनि दिएन: सांसद विद्या भट्टराई


  • 3.9K
    Shares

    सरकारले इसीडी शिक्षककाे उचित व्यवस्थापन गर्न सकेन, तोकिएको पारिश्रमिक पनि दिएन: सांसद विद्या भट्टराई

    नेकपा एमालेकी सांसद विद्या भट्टराईले प्रारम्भिक बालविकास सहजकर्तालाई सरकारले उचित व्यवस्थापन गर्न नसकेको बताएकी छिन् । 

    प्रतिनिधिसभा बैठकको शून्य समयमा आइतबार बोल्दै सांसद भट्टराईले २०७८/०७९ को बजेटमा बालविकासका सहयोगीको मासिक तलब १५ हजार कायम गरे पनि उनीहरूले तलब नपाएको बताइन् ।

    उनले नियुक्तिको समयमा ९ बजे देखि २ सम्मको काम गर्ने समायावधी तोकिए पनि उनीहरूले विद्यालय र स्थानीयको आवश्यकता अनुसार ९ देखि ५ बजेसम्म काम गर्नु परेको बताइन् ।

    नियमानुसार ४ वर्षसम्मका बालबालिका मात्र भर्ना गर्ने भनिएता पनि २ वर्षदेखिका बालबालिकालाई सेवा दिइरहेको भन्दै राज्यले बालविकास सहजकर्ताको पारिश्रम यथाशीघ्र उपलब्ध गराउन माग गरिन् । 

    प्रकाशित मिति :श्रावण ९ २०७९ सोमवार - ११:३८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij