Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक


  • 2.3K
    Shares

    • images
    ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक
    images

    ग्लोबल आइएमई बैंक (GBIME) ले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ ।

    यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रूपैयाँ रहेको छ ।

    यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पु¥याउने बैंकको विश्वास रहेको छ । 

    बैंककाे २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू रहेका छन् ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

    प्रकाशित मिति :श्रावण ९ २०७९ सोमवार - १०:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij