Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

छात्रवृत्तिमा बीएस्सी इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान जान इच्छुकले आवेदन दिन सक्ने (सूचनासहित)

छात्रवृत्तिमा बीएस्सी इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान जान इच्छुकले आवेदन दिन सक्ने (सूचनासहित)


  • 3.3K
    Shares

    छात्रवृत्तिमा बीएस्सी इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान जान इच्छुकले आवेदन दिन सक्ने (सूचनासहित)

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा केशरमहलले छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुकलाई आवेदन दिन सूचित गरेको छ ।

    शाखाले सूचना जारी गर्दै पीटीएपी (पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम) कार्यक्रम अन्तर्गत बीएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा साधारण तथा आरक्षण तर्फ कायम गरिएको सिटमा आवेदन माग गरेको हो ।

    इच्छुक उम्मेदवारले साउन ४ देखि १० गते सम्ममा आवेदन दिन सक्ने शाखाले जनाएको छ । बीएस्सी इन्जिनियरिङ विषयमा पाकिस्तान सरकारबाट प्रदान भएको ६ सिट मध्ये साधारण तर्फ ३ सिट, मधेसीका लागि १, महिलाका लागि १ र जनजातिका लागि १ सिट संख्या तोकेको छ ।

    तोकेको योग्यता पुरा गरेका र त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट २०७८ सालमा लिइएको प्रवेश परीक्षाको योग्यता क्रम सूचीमा सूचीकृत भएका विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०७९ बुधवार - १५:३७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij