Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

चार महिनादेखि शिक्षकहरुले पाएनन् तलब!

चार महिनादेखि शिक्षकहरुले पाएनन् तलब!


  • 4.0K
    Shares

    चार महिनादेखि शिक्षकहरुले पाएनन् तलब!
    images

    पर्साको धोबिनी गाउँपालिका अन्तर्गत् विद्यालयमा कार्यरत बालविकास शिक्षक र कार्यायल सहयोगीहरुले विगत ४ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख वृजकिशोर त्रिपाठीको चरम लापरवाही र कमिशन नदिएको कारण तलब रोकिएको शिक्षकहरुले गुनासो पोखेका छन् ।

    गाउँपालिका अन्तर्गत रहेका ३ वटा माध्यमिक विद्यालयसहित १७ वटा विद्यालयमा कार्यरत बालविकास र कार्यालय सहयोगीहरुले २०७८ चैतदेखि तलब नपाएको नेपाल शिक्षक महासंघ धोबिनी गाउँपालिका अध्यक्ष महम्मद आरिफ अन्सारीले जानकारी दिए ।

    उनले शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठीले कमिशन बिनाको कुनै काम नगरेको कारण शिक्षकहरुको तलब रोकिएको आरोप लगाए । गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब पठाउन समेत उनले कमिशन माग गरेको विद्यालयका प्रधानाध्यापकहरुले गुनासो गरेका छन् ।

    गाउँपालिकाका लेखापालले असार २२ गते नै तलबको चेक बनाएपनि शिक्षा शाखा प्रमुखले कमिशन लोभमा असार २९ सम्म रकम विद्यालयको खातामा नपठाएको गाउँपालिका कार्यालय भेटिएका प्रधानाध्यापकहरुले गुनासो गरे । शिक्षा शाखा प्रमुख त्रिपाठीले बालबिकास सहजकर्ता, कार्यालय सहयोगीको साथै छात्रवृति, बुक क्रनर, किताबको बाँकी २५ प्रतिशत रकमको चेक कटेपनि नपठाएको अध्यक्ष अन्सारीले गुनासो गरे ।

    धोबिनी गाउँपालिका अन्तर्गत ३ वटा माध्यमिक विद्यालय, ४ वटा मदारसा एवं १० वटा आधारभुत विद्यालय गरि १७ वटा विद्यालय रहेका छन् भने त्यसमा ३० जना बालबिकास सहजकर्ता र कार्यालय सहयोगीहरु कार्यरत छन् । उनीहरुलाई गाउँपालिकाले दिने गरेको मासिक ७ हजारको रकमबाट कमिशन लिनका लागि पारिश्रमिक पठाउन ढिलाई गरेको शिक्षकहरुको आरोप छ ।

    शिक्षा शाखा प्रमुख त्रिपाठीले प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको मिलोमतोमा विद्यालयको हरेक शीर्षकमा कमिशन असुल्ने गरेको अध्यक्ष अन्सारीको भनाइ छ ।

    विद्यालयको भौतिक निर्माणदेखि छात्रवृत्ति, सेनेटरी प्याड लगायतका हरेक शिर्षकमा कमिशन असुल्न खोज्ने गरेको प्रधानाध्यपाकहरुको भनाई छ । उनको नियुक्ति गैर कानूनी तरिकाले कमिशन असुल्न कै लागि गरिएको उनीहरुको भनाइ छ ।

    तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारको कार्यकालमा त्रिपाठीलाई शिक्षा शाखा प्रमुख नियुक्ति गरिएपनि उनको नियुक्ति गैर कानुनी रहेको पाइएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु साहले उनलाई जिम्मेवारीमुक्त गरेका थिए । तर पुनः गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जयचन्द्र साह आएपछि त्रिपाठीलाई पुनः शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिएका थिए ।

    गाउँपालिकामा हुने शिक्षक नियुक्ति लगायतको थोकमा रकम असुल्नकै लागि त्रिपाठीलाई गैर कानूनी तरिकाले शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको गाउँपालिकाकै कर्मचारी स्रोतले जनाएको छ । उनको नियुक्तिको विषयमा पालिकाकै कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा समेत उजरी दिएका छन् ।

    प्रकाशित मिति :आषाढ ३१ २०७९ शुक्रवार - १५:२७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij