Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे यसो भन्छन् शिक्षामन्त्री पौडेल ?

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे यसो भन्छन् शिक्षामन्त्री पौडेल ?


  • 11.3K
    Shares

    इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे यसो भन्छन् शिक्षामन्त्री  पौडेल ?
    images

    आर्थिक वर्ष २०७९/८० को बजेटमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब बढेको घोषणा गरिएन ।

    बजेट घोषणापछि इसीडी शिक्षक र विद्यालय कर्मचारीले सामाजिक सञ्जालमा निराश हुँदै आक्रोश व्यक्त गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले इसीडी शिक्षकको तलब दुई हजार बढाएर १० पुर्याइएको संसद्मा बताए ।

    शिक्षा मन्त्रीले इसीडी शिक्षकको मात्रै तलब बढेको जानकारी गराएपछि विद्यालय कर्मचारी चिढिए । तलब कै विषयमा स्पष्ट नभएको भन्दै राष्ट्रियसभामा पनि सांसदहरूले सरकारलाई प्रश्न गरे ।

    सांसदहरूले प्रश्न गरेपछि शिक्षा मन्त्रीले भने, ‘आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्यालय कर्मचारीको तलबको विषयमा बोलिएन । लगत्तै म आफैं पनि सम्माननीय प्रधानमन्त्रीज्यूकाँ, माननीय अर्थमन्त्रीज्यूकाँ र अर्थमन्त्रालयमा गएर किन छुट्यो भनेर हामीले लविङ गरेका छौं । लेखी पठाएका छौं । क्याबिनेटमा पनि यस विषयमा छलफल चल्यो । छिट्टै यसको व्यवस्थापन हुने प्रतिबद्धता अर्थमन्त्रालयबाट भएको छ ।’

    प्रकाशित मिति :आषाढ २६ २०७९ आइतवार - १३:२०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij