Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

स्थानीय तहले किन गर्‍यो शिक्षक र कर्मचारी हटाउने निर्णय ?

स्थानीय तहले किन गर्‍यो शिक्षक र कर्मचारी हटाउने निर्णय ?


  • 10.1K
    Shares

    स्थानीय तहले किन गर्‍यो शिक्षक र कर्मचारी  हटाउने निर्णय ?
    images

    बैतडीका स्थानीय तहले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् ।

    आगामी साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरिएको डिलाशैनीका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।

    वि.सं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई काममा नआउन जानकारी गराइएको उनले बताए । गत वर्ष ३० गतेपछि नियुक्त भएकाको करार अवधि साउन १ गतेदेखि  नथप्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

    स्रोत सुनिश्चितता नगरी कर्मचारी भर्ना गरेको पाइएको र उनीहरूलाई तलब दिन रू ७७ लाख अपुग भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा पहिलादेखि नै करारमा कार्यरत अन्य कर्मचारी र शिक्षकको हकमा उनीहरूको व्यवस्थापन गर्न कार्यदल बनाइएको छ ।

    कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा करारका कर्मचारीको व्यवस्थापन गरिने अध्यक्ष जोशीले बताए । गाउँपालिकाले दरबन्दीका कर्मचारी लोकसेवा आयोगबाट माग गर्ने नीति लिएको छ ।

    यस्तै करार शिक्षकका बारेमा आगामी आर्थिक वर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरिनसकेकाले विद्यालयलाई सचेत गराइएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशीले बताए ।

    केही विद्यालयले करार शिक्षकको आफूखुसी करार नवीकरण गरिरहेको जानकारी प्राप्त भएको र त्यसो नगर्न नगरपालिकाले आग्रह गरेको छ ।

    दशरथचन्द नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयमा कार्यरत करार शिक्षकको अवधि थप्ने/नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यसतर्फ सचेत हुन सबै विद्यालयलाई आग्रह गरेको छ । 

    प्रकाशित मिति :आषाढ २६ २०७९ आइतवार - १३:०५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij