Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

विद्यालय कर्मचारीको तलब वृद्धि गर्न महासंघले सरकारलाई दियो यस्तो दबाब

विद्यालय कर्मचारीको तलब वृद्धि गर्न महासंघले सरकारलाई दियो यस्तो दबाब


  • 3.1K
    Shares

    विद्यालय कर्मचारीको तलब वृद्धि गर्न महासंघले सरकारलाई दियो यस्तो दबाब
    images

    नेपाल शिक्षक महासंघले विद्यालयमा कार्यरत कार्यलय सहयोगि र लेखापालको तलब बढाउन सरकारलाई दबाब दिएको छ । बालकक्षाका शिक्षकहरुको दुई हजारले बढे पनि विद्यालय कर्मचारीहरुको तलब नबढेपछि तलब बढाउन सरकारलाई दबाब दिएको हो ।

    आज नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पक्षीकरण गर्दे बालकक्षाका शिक्षकहरुको सरह कार्यलय सहयोगिको तलब वृद्धि गर्न दबाब दिएको जानकारी दिए ।

    बालकक्षाका शिक्षकका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएकोे वृद्धी भएको तलब सहित १० हजारमा पालिकाले दिनुपर्ने ७ हजार गरी १७ हजार तलब र सोही अनुसारको कार्यलय सहयोगिको पनि वृद्धि गरी वजेट कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख गरी पठाउन दबाब दिएको अध्यक्ष कमला तुलाधर बताइन ।

    त्यसैगरी विद्यालय लेखापाल कर्मचारीहरुको पनि १३ हजार ५ सयमा २ सय वृद्धिगरी १५ हजार ५ सय तलब संघीय सरकारले उपलब्ध गराउनुपर्ने र त्यसमा पालीकाले ७ हजार थप गरी २२ हजार ५ सय तलब उपलब्ध गराउन भनिएको तुलाधरले जानकारी दिइन ।

    जबसम्म बालकक्षाका शिक्षकको वृद्धि भएको तलब सहित १७ हजार, सोही अनुसार कार्यलय सहयोगीको तलब र लेखापालको २२ हजार ५ सय तलब वजेट कार्यक्रम कार्यान्वयन पुस्तिकामा लेखिदैन तबसम्म हामी ढुक्क हुने अवस्था छैन । त्यसैले पनि दबाब दिइरहेका छौं ।” उनले उक्त तलब वजेट कार्यक्रम कार्यन्वयन पुस्तिकामा नलेखिएकै कारण पालिकाहरुले दुःख दिएको समेत बताईन ।

    साथै निजामती कर्मचारी र शिक्षक विच रहेको ग्रेडवृद्धी र तलबको विभेद पनि तत्काल हटाउन दबाब दिएको महासचिब लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ २४ २०७९ शुक्रवार - १२:१४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij