२०८२ भाद्र ४ गते बुधवार
शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा बुधबार सार्वजनिक गरेको छ ।
आयोगबाट प्रकाशित १२/७८/७९ र १०/७८/७९ विज्ञापन नंम्बरबाट लिखित परीक्षामा सहभागी भएका शिक्षकको नतिजा सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३८ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता र अनुभव समेतको प्राप्तांकको आधारमा नतिजा सार्वजनिक गरेको हो ।
अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो नतिजा र प्राप्तांक हेर्न चाहेमा यस आयोगको वेबसाइटबाट हेर्न सनिकने आयोगले प्रकशन गरेको सूच्नामा उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij