Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

देशभरका शिक्षकको सम्पत्ति विवरण बुझाउन किताबखानाले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

देशभरका शिक्षकको सम्पत्ति विवरण बुझाउन किताबखानाले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 3.4K
    Shares

    देशभरका शिक्षकको सम्पत्ति विवरण बुझाउन किताबखानाले जारी गर्यो यस्तो सूचना (सूचनासहित)
    images

    सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ । देशभरका शिक्षकको सम्पत्ति विवरण साउन १ गतेदेखि भाद्र २९ गतेसम्म राष्ट्रिय किताब खाना (शिक्षक) मा प्राप्‍त हुने गरी राष्ट्रिय किताबखानाले सूचना जारी गरी निर्देशन दिएको छ ।

    स्थायी शिक्षकहरूले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण विद्यालय, स्थानीय तहले संकलन गरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूमा बुझाउनुपर्ने छ । इकाईहरूले जिल्लाका सबै शिक्षकहरूको विवरण भदौ २९ सम्ममा पठाइ सक्नुपर्ने छ ।

    विद्यालयमा कार्यरत करार, राहत, बाल विकास शिक्षक, विद्यालय कर्मचारी आदिले आफू कार्यरत स्थानीय तहमा विवरण बुझाउनुपर्ने छ । स्थानीय तहले सो विवरण सुरक्षितसाथ राख्‍नुपर्ने छ । सम्पत्ति विवरण बुझाउने दिन सार्वजनिक विदा परेमा उक्त दिन किताबखाना खुला रहने छ ।

    आर्थिक वर्ष समाप्त भएको ६० दिनमा प्रत्येक शिक्षकले आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको वा निस्सासहितको आवद्यिक विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

    teacher_EDTEUMVyqv.jpg

    प्रकाशित मिति :आषाढ २२ २०७९ बुधवार - ११:२८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij