Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

काठमाडौं महानगरले शिक्षाको बजेट तीन गुणा बढायो, विद्यार्थीको खाजामा १० रुपैयाँ थप

काठमाडौं महानगरले शिक्षाको बजेट तीन गुणा बढायो, विद्यार्थीको खाजामा १० रुपैयाँ थप


  • 2.4K
    Shares

    काठमाडौं महानगरले शिक्षाको बजेट तीन गुणा बढायो, विद्यार्थीको खाजामा १० रुपैयाँ थप
    images

    काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो ।

    काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले भने ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइएको थियो । आगामी आर्थिक वर्षको लागि ७० करोड बढी छुट्याईएको छ । यो भनेको करिब तीन गुणा बढी हो ।’

    काठमाडौं महानगरपालिकाले यो वर्ष महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका विभिन्न कार्यक्रमहरु ल्याएको छ । शौचालय स्तरोन्नति, सबै माध्यमिक विद्यालयमा ९–१२ कक्षामा हप्ताको एक दिन सीपमूलक शिक्षा दिने, नमुनाको रुपमा विद्यालयमा विद्यार्थीको लकर बनाउने लगायतका नयाँ कार्यक्रमको लागि बजेट विनियोजन भएको महानगर शिक्षा शाखाले जनाएको छ । सञ्चालन भइरहेका कार्यक्रमहरुमा पनि बजेट बढाइएको छ ।

    विद्यार्थीको खाजामा १० रुपैयाँ बढाउने तयारी

    काठमाडौं महानगरले विद्यार्थीको खाजाको लागि छुट्याएको रकममा थप गर्ने तयारी गरेको छ । संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँको दरले दिवाखाजाको लागि रकम विनियोजन गर्दै आएको छ । त्यसमा काठमाडौं महानगरको तर्फबाट न्यूनत्तम १० रुपैयाँ बढाउने तयारी भएको शिक्षा शाखाले जानकारी दिएको छ ।

    महानगर शिक्षा विभागका अधिकृत सुवेदीले भने ‘अहिले १० रुपैयाँ थप गर्ने गरी पास भएको छ । तर, आएका सुझावलाई सम्बोधन गर्ने गरी भनेर पास भएको छ । केही तलमाथि हुनसक्छ ।’

    विद्यालयमा विद्यार्थीको सहभागिता बढाउनका लागि सरकारले आर्थिक वर्ष २०७५र७६ देखि दिवा खाजा कार्यक्रम शुरु गरेको हो। बालकक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्म दिने सरकारले घोषणा गरेको छ । संघीय सरकारले यो कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।

    प्रकाशित मिति :आषाढ २० २०७९ सोमवार - १४:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij