Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी


  • 2.1K
    Shares

    अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी
    images

    अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् । 

     छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले विकासले अरुण क्षेत्रको संस्कृति र सभ्यता नमासिने हुँदा कानुनी र नीतिगत बन्दोबस्त गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । “लागत यकिन गरौँ, बलियो संयन्त्र निर्माण गरौँ, स्थानीयवासीलाई लगानीको संरचना तोकौँ”, उहाँले भन्नुभयो ।
         
     प्रमुख आयुक्त थपलियाले अपर अरुणमा सकेसम्म बाह्य लगानी निरुत्साहित गरी आन्तरिक लगानी गर्नसके देशलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले स्थानीय तहको दायित्व र जिम्मेवारीको बन्दोबस्त गरी निर्माण सुरु हुने अवधि तोकेर अगाडि बढ्न सुझावसमेत दिनुभयो । 

    सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राजेन्द्र गौतमले अपर अरुणलाई सरकार र स्थानीयको संयुक्त लगानी गर्ने आधारसहित नीति निर्माण बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो । अपर अरुणमा लगानी सुरक्षित र प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । सांसद गौतमले जनतालाई मालिक बनाउने नीतिअनुसार आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

         सङ्खुवासभा कांग्रेस सभापति एवं पूर्वराज्यमन्त्री दीपक खड्काले नेपालको गौरवको आयोजना अपर अरुण निर्माणमा आवश्यक पर्ने ऐन, कानुनका लागि सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । “दिनभरि काम गरेर साँझ बिहान पेट पाल्ने सङ्खुवासभावासीको लगानी अपर अरुणमा कसरी सुरक्षित गर्न सकिन्छ, यसबारे यो आयोजनाले सोच्नुपर्छ, सङ्खुवासभावासी धनी हुन्छन् भने किन सरकारले सहुलियत दरमा ऋण नदिने रु”, उहाँले प्रश्न गर्नुभयो ।

     कांग्रेस नेता तारामान गुरुङले सोच विचार गरेर अपर अरुणलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । नेकपा ९एमाले० सङ्खुवासभाका अध्यक्ष जीतबहादुर घिमिरे, नेकपा ९एकीकृत समाजवादी०का जिल्ला अध्यक्ष हेमराज घिमिरे र नेकपा ९माओवादी केन्द्र० सङ्खुवासभाका सहइञ्चार्ज रीपुप्रसाद राईले अपर अरुण आयोजना सङ्खुवासभाको हितमा हुनुपर्ने उल्लेख गर्दै सो आयोजनालाई अगाडि बढाउन आ–आफ्नो दलको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।
         
     ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले स्थानीयवासीको हित हुने गरी आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पूर्वराजदूत डा अर्जुन कार्कीले अपर अरुणलाई सकेसम्म स्वदेशी लगानीमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सङ्खुवासभा–काठमाडौँ पत्रकार समाजका अध्यक्ष शङ्कर खनालले जनताको लगानीमा अपर अरुण बन्नुपर्ने धारणा राख्नुभयो ।

         हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका कार्यकारी निर्देशक अर्जुनकुमार गौतमले स्थानीय बासिन्दाले कम शुल्कमा बिजुली पाउने र लगानीको सुरक्षा हुने गरी अपर अरुणलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । निजी उर्जा उत्पादक सङ्घ ९इपान०का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले आयोजना सङ्खुवासभावासीको स्वामित्वमा बन्नुपर्ने बताउनुभयो ।
         
     आयोजना बन्ने स्थानीय तह भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले सरकारले स्वामित्व लिनुपर्ने उक्त आयोजना चाँडो बन्नुपर्ने बताउनुभयो । आयोजना निर्माणका लागि भोटखोलाका बासिन्दाको पूर्ण साथ र सहयोग रहने उहाँको भनाइ छ । जिल्ला समन्वय समिति र स्थानीय लगानी परिचालन समिति सङ्खुवासभाले आयोजना गरेको उक्त कार्यक्रममा जलस्रोत विज्ञ डा बलबहादुर पराजुलीले अपर अरुण आयोजनाको बारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्यले नेपालको पानी, जनताको लगानीमा सम्पन्न गर्ने र सबै सङ्खुवासभाका जनताले आयोजनाप्रति आफ्नो अपनत्व कायम गरुन् भन्ने उद्देश्यले यो आयोजनालाई अगाडि सारिएको बताउनुभयो । अपर अरुण आयोजना समयमा सम्पन्न हुनसके सङ्खुवासभाका ३९ हजार ३०६ घरधुरी लाभान्वित हुने बताइएको छ । 

    सङ्खुवासभाकाको भोटखोला गाउँपालिका–२ र ५ मा निर्माण हुन लागेको उक्त आयोजना १०६१ मेगावाट क्षमताको रहेको छ । झण्डै रु दुई खर्ब १५ अर्ब लागत अनुमान गरिएको उक्त परियोजना निर्माण सम्पन्न गर्न ६ वर्ष लाग्ने बताइएको छ । नेपाल सरकारले स्वीकृत गरेअनुसार उक्त परियोजनामा ६८ प्रतिशत शेयर नेपाल विद्युत् प्राधिकरण र विदेशी दातृसंस्थाबाट तथा बाँकी सर्वसाधारण र अन्यका लागि छुट्याइएको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०७९ शुक्रवार - १०:२९:४२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij