Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी

बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी


  • 3.1K
    Shares

    बुटवलमा जङ्गली च्याउ खाँदा  १५ जना बिरामी
    images

    विषालु च्याउको सेवनबाट बुटवलमा १५ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका छ, वडा नं ४ लक्ष्मीनगरका सात र  वडा नं १३  बेलबासका दुई जना बिरामी भएका हुन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् ।

    यसैगरी बुटबल–४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन,  १४ वर्षीय यथार्थ जिसी,  ४२  वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।

    यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा, ४३ वर्षीया सुशीला रोका, २८ वर्षीया रिमा विक, २८ वर्षीया कमला विक, आठ वर्षकी सुप्रिया विक, ३८ वर्षीय विष्णु विक र ३३ वर्षीया दुर्गा विक, ५० वर्षीय हुमबहादुर विक बिरामी भएको प्रहरीले जनाएको छ ।

    बिरामीकोे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँच जनाको आइसीयूमा उपचार भइरहेको र अस्वथा गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  केसीले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :आषाढ १६ २०७९ बिहिवार - १२:१८:२० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij