२०८२ भाद्र ४ गते बुधवार
लगातार पानी परेर बस्ती डुबानमा परेपछि इटहरीका विद्यालयहरू बन्द गरिएका छन् ।
इटहरी उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले एक सूचनामार्फत आजदेखि शुक्रबारसम्म ३ दिन बिदा दिने निर्णय गरेको जानकारी गराएका छन् ।
असार १५-१७ को बिदा सञ्चित बिदाबाट कट्टा गरिने उपमहानगरपालिकाले जनाएको छ । इटहरीमा हरेक वर्ष डुबान र बाढीको समस्या हुने गरेको छ ।
२०७४ को बाढीले यहाँ ६ जना र २०७८ मा ३ जनाको मृत्युसमेत भएको थियो । यो वर्षको बाढी र डुबानमा अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij