Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

तत्काल प्रदेश सभा बैठक बोलाउन माग

तत्काल प्रदेश सभा बैठक बोलाउन माग


  • 3.4K
    Shares

    तत्काल प्रदेश सभा बैठक बोलाउन माग
    images

    नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ ।

    नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताउनुभयो ।

    बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९÷८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाउनुभयो ।

    बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उहाँले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गर्नुभयो । उहाँले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिनुभयो ।

    प्रकाशित मिति :आषाढ १५ २०७९ बुधवार - १२:०२:०३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij