Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

त्रिवि अन्तर्गत सेवा आयोगको लिखित परीक्षाको नतिजा सार्वजनिक, कोही पनि पास भएनन् (नतिजासहित)

त्रिवि अन्तर्गत सेवा आयोगको लिखित परीक्षाको नतिजा सार्वजनिक, कोही पनि पास भएनन् (नतिजासहित)


  • 4.5K
    Shares

    त्रिवि अन्तर्गत सेवा आयोगको लिखित परीक्षाको नतिजा सार्वजनिक, कोही पनि पास भएनन् (नतिजासहित)
    images

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।प्रकाशित नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तिर्ण नभएको उल्लेख छ । लिखित परीक्षा पास भएकाहरुको लागि अन्तर्वार्ताको लागि अर्को सूचना प्रकाशित गरिने सेवा आयोगको कार्यालयले जनाएको छ । 

    सेवा आयोगले उप प्रशासक खुलामा २, महिला १, आदिवासी जनजाति १ जनाका लागि परीक्षा लिएको थियो  । १२ जनाले परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा आयोगले जनाएको छ । 

    यस्तै शाखा अधिकृत खुला २२, महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४० पदमा ५४२ जनाको परीक्षा लीएको थियो । यसमा पनि परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा आयोगले जनाएको छ ।

    सेवा आयोगले मुख्य कार्यालय सहायक खुला २४  महिला ६ आदिवासी जनजाति ५, मधेसी ४, दलित १, अपांग १ र पिछडिएको क्षेत्र १ गरी ४२ जना मागेको थियो । जसमा ७७७ जनाले परीक्षा दिएकोमा एक जना पनि पास नभएको देखिएको छ । 

    आयोगले कार्यालय सहायक खुला २८ महिला ८ आदिवासी जनजाति ६, मधेसी ५, दलित २, अपांग १ र पिछडिएको क्षेत्र १ जनाका लागि परीक्षा लगेको थियो । जसमा ६७२ जनाले परीक्षा दिएका थिए । यसमा भने खुलामा ४८, महिलामा २२, आदिवासी जनजाति ६, मधेसी ५ र पिछडिएको क्षेत्र ७ जना अन्तवार्ताका लागि छनोट भएका छन् । 

    प्रकाशित मिति :आषाढ १५ २०७९ बुधवार - ११:३२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij