२०८२ माघ ९ गते शुक्रवार
शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ संशोधन गरेको छ । आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गर्न बाञ्छनीय भएको भन्दै पहिलो पटक संशोधन गरिएको हो ।
आयोगले मूल कार्यविधिको दफा ५५ मा संशोधन गरी उपदफा (८) मा ‘तर ओएमआर मेसिनको प्रयोग गरी वस्तुगत उत्तरपुस्तिका (ओएमआर सि) परीक्षण गरी कुनै पनि लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा पुनर्योगको व्यवस्था गरिने छैन’ भन्ने वाक्यांश थपिएको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij