Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

शैक्षिक स्मारिकाको लागि लेख रचना उपलब्ध गराउन केन्द्रले जारी गर्यो यस्ताे सूचना

शैक्षिक स्मारिकाको लागि लेख रचना उपलब्ध गराउन केन्द्रले जारी गर्यो यस्ताे सूचना


  • 9.9K
    Shares

    शैक्षिक स्मारिकाको लागि लेख रचना उपलब्ध गराउन केन्द्रले जारी गर्यो यस्ताे सूचना

    पाठ्यक्रम तथा सामग्री शाखा सानोठिमी, भक्तपुरले २०७९/८० मा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रकाशन हुने शैक्षिक स्मारिकाको लागि लेख रचना उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।

    साक्षरता, शिक्षक शिक्षा, दूर शिक्षा तथा शैक्षिक व्यवस्थापनलगायत शिक्षासँग सम्बन्धित क्षेत्रका अनुसन्धानमूलक, विचारमूलक, विश्लेषणात्क र मौलिक लेख रचना २५ सयदेखि तीन हजार शब्दसम्मको साउन १५ गतेभित्र शाखाको इमेल ठेगाना cehrdcu21@gmail.com मा पठाउनुपर्ने गत हप्ता जारी सूचनामा उल्लेख गरिएको छ ।

    नेपाली भाषा भए युनिकोड अक्षर साइज १० र अंग्रेजी भाषा भए टाइम्स न्यू रोमन अक्षर साइज १२ मा उपलब्ध गराउनुपर्ने छ । लेखसार, विषय प्रवेश, विद्यमान अवस्थाको विश्लेषण, सुझाव, निष्कर्ष र सन्दर्भ सामग्रीकाे ढाँचामा लेख रचनामा हुनुपर्ने बताइएको छ ।

    1655984697-VAIhd.jpg

    प्रकाशित मिति :आषाढ १० २०७९ शुक्रवार - १५:३५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij