Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पाठ्यपुस्तकमा सधैँको कचकच, यस्ता छन् विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसक्नुको कारण !

पाठ्यपुस्तकमा सधैँको कचकच, यस्ता छन् विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसक्नुको कारण !


  • 3.4K
    Shares

    पाठ्यपुस्तकमा सधैँको कचकच, यस्ता छन् विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसक्नुको कारण !

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र स्थानीय निर्वाचनका कारण समयमा विद्यालयहरुमा पाठ्यपुस्तक पुर्‍याउन नसकिएको बताएका छन्। 

    मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले बजारमा करिब १५ दिन कागज अभाव, स्थानीय निर्वाचनमा जनक शिक्षाका कर्मचारी खटाउनु र त्यही समयमा स्थानीय निर्वाचन मतपत्र छपाइ भएकाले पुस्तक छपाइमा ढिला भएको जिकिर गरे।

    'पुस्तक वितरण ढिलो हुनुमा १५ दिन कागज नआएको कुरा साँचो हो। भारतीय बजारमा कागज अभावको कारण काजग आउन पाएन। त्यही समयमा स्थानीय निर्वाचनमा जनकशिक्षा सामग्रीका कर्मचारी खटाएको साँचो हो। त्यही समयमा मतपत्र छापियो। कारण ढिला भएको हो। समयमा नै विद्यार्थीहरुले पुस्तक पाउनुपर्छ भन्ने कुरामा सरकार गम्भिर रहेको छ' उनले भने।

    मन्त्री पौडेलले सरकारले पुस्तक व्यवसायीहरु र सरकारी डाटासमेत हेरेर पुस्तक वितरण गरिरहेको बताएका छन्। उनले विद्यालयमा शिक्षक अभावको विषयलाई सम्बोधन गर्न ५ हजार नयाँ दरबन्दी थप्ने तयारी भए पनि अर्थ मन्त्रालयबाट स्वीकृत नभएको बताए।  मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर दरबन्दीको काम तीब्र रुपमा भइरहेको बताए। 

    शिक्षा सचिव यादवप्रसाद कोइरालाले पाठ्यपुस्तक छपाइ प्रक्रियामा नै समस्या रहेको बताए। उनले पाठ्यपुस्तक छाप्नको लागि भदौ महिनामा नै ऋण लिनुपर्ने र छपाइको काम गर्दा ब्याज बढेर दोब्बर हुने भएकाले पुस्तक छपाइको काम ढिलो भइरहेको दाबी गरे।

    सचिव कोइरालाले पाठ्यपुस्तकको मूल्यस्थिर राख्नको लागि सरकारले निजी क्षेत्रलाई छाप्न नदिएको बताए। उनले सरकारले डेढ अर्बमा पाठ्यपुस्तक छपाइ रहको तर निजी क्षेत्रलाई दिँदा ७ अर्बमा पनि छपाउन नसक्ने बताए। 

    प्रकाशित मिति :आषाढ ७ २०७९ मंगलवार - १६:११:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij