Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने भन्दै आयोगले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने भन्दै आयोगले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 5.9K
    Shares

    एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने भन्दै आयोगले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    शिक्षक सेवा आयोगले लिने एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने भएको छ । आयोगको पाठ्यक्रमअनुसार विषयगत प्रश्नमा खण्ड (क) र खण्ड (ख) मा पाँच–पाँचवटा गरी १० वटा प्रश्न सोधिनेछ ।

    ती प्रश्नको उत्तर अलगअलग उत्तरपुस्तिकामा लेख्नुपर्ने निर्णय गरिएको आयोगका उपसचिव सुदर्शन मरहठ्ठाले जानकारी दिए। आयोगले माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको खुला प्रतियोगिताको लिखित परीक्षा (विषयगत) यही असार ९, ११ र १२ गतेका लागि तोकेको छ ।

    आयोगले जारी गरेको सूचनामा उल्लेख छ, ‘विषयगत प्रश्नपत्रमा रहेका खण्ड (क) र (ख) मा पाँचपाँच वटा प्रश्नहरूको उत्तर अलग अलग दुई उत्तरपुस्तिकामा लेख्नुहुन र उत्तरपुस्तिकाको अग्रपृष्ठमा उल्लिखित उत्तरपुस्तिका खण्डमा देखिने गरी जुन खण्डको उत्तर लेखेको हो सोही खण्डमा जनाउनु हुन सबै उम्मेदवारलाई सूचित गरिन्छ।’

    दुवै खण्डको उत्तर एउटै उत्तरपुस्तिकामा लेखेमा वा मिसाएर लेखेमा परीक्षा रद्द हुने सूचनामा उल्लेख छ । आयोगले परीक्षा केन्द्रले समेत उत्तरपुस्तिकाको पोका बनाउँदा रोल नम्बरका क्रममा खण्ड अनुसार अलगअलग पोका बनाई दुवै पोकालाई ठूलो पोकामा राखी आयोगमा पठाउने व्यवस्था गर्न निर्देशन दिएको छ ।

    unnamed-32-918x1024.jpg

    प्रकाशित मिति :आषाढ ७ २०७९ मंगलवार - ११:५७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij