Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

असार भित्र एसइईको नतिजा सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी

असार भित्र एसइईको नतिजा सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी


  • 3.5K
    Shares

    असार भित्र एसइईको नतिजा सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने जनाएको छ । यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि तीव्रताका साथ काम भइरहेको बोर्डले जनाएको हो ।

    बोर्डका अध्यक्ष डा महाश्रम शर्माले प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए ।

    अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको बताए । “सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा छौँ । ” उनले भने ।

    कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

    दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका छन् ।

    प्रकाशित मिति :आषाढ ७ २०७९ मंगलवार - ११:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij