२०८२ माघ ९ गते शुक्रवार
नेपाल शिक्षक महासंघले शिक्षक दरबन्दी थप गर्नुपर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
शैक्षिक क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानका लागि शैक्षिक संवाद समन्वय समितिको बैठक बोलाउन मन्त्रालयको ध्यानाकर्षण गराएको महासंघले जनाएको छ ।
महासंघले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको समस्या समाधान गर्ने विषयमा यसअघि भएको सहमति कार्यान्वयन गर्न, शिक्षकको ग्रेड मिलान लगायतका समस्याका विषयमा छलफल गर्न समितिको बैठक बोलाउन शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराएको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।
यसअघि मन्त्रालय र महासंघबीच शिक्षक दरबन्दी मिलान, दरबन्दी थप गर्ने लगायत शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ५१ बुँदे सहमति गरेको थियो ।
शिक्षा मन्त्री पौडेलले ५१ बुँदे सहमतिलाई लागू गर्ने प्रतिबद्धता दिएपनि हालसम्म उक्त सहमति कार्यान्वयमा भने आएको छैन । (वेबटिभी खबर)
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij