Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शैक्षिक गुणस्तर सुधारका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर

शैक्षिक गुणस्तर सुधारका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर


  • 2.9K
    Shares

    शैक्षिक गुणस्तर सुधारका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर

    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कक्षा आठ सञ्चालित विद्यालयका प्रधानाध्यापकहरुसँग प्रतिवद्धता पत्रमा हस्ताक्षर गराएको छ ।

    कक्षा ८ को नगरस्तरीय परीक्षामा १२ प्रतिशत विद्यार्थी मात्र उत्र्तिण भएको र कतिपय विद्यालयको नतिजा शून्य नै आएपछि नगरपालिकाले शैक्षिक गुणस्तर खस्केको निष्कर्ष निकालेको थियो ।

    नतिजा निराशाजनक आएपछि अधिकांश विद्यालयमा कक्षा ९ सञ्चालन नै हुन नसक्ने अवस्था सिर्जना भएपछि केही प्रधानाध्यापकहरुले सबै विद्यार्थी उत्र्तिण गराई दिन नगर प्रमुख सजरुद्दिन खाँन समक्ष ज्ञापनपत्र समेत वुझाएका थिए ।

    नगर कार्यपालिकाको जेठ २६ गतेको पहिलो वैठकले कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी सबै विद्यार्थीलाई न्युनतम ग्रेड प्रदान गरी उत्र्तिण गराउने र शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ८ सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकलाई प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेले बताए ।

    प्रतिवद्धतापत्रमा समयमै विद्यालयमा उपस्थित हुने, विदा स्वीकृत नगराई अनुपस्थितन हुने, राजनीतिक गतिविधि म भाग नलिने, विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान अभिवृद्धिमा जोड दिने एवं विद्यालयको सरसफाईमा ध्यानदिने लगायतका विभिन्न १० वटा बुँदाहरु रहेका छन् ।

    यसका साथै कार्यपालिकाले नगरको समग्र शिक्षा क्षेत्र सुधारका लागि राय सुझाव सहितको प्रतिवेदन पेश गर्न एक शिक्षा सुधार समिति समेत गठन गरेको छ ।

    प्रकाशित मिति :आषाढ ३ २०७९ शुक्रवार - १२:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij