सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउनुअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा बढीभन्दा बढी बजेट माग गरेका थिए । तर शिक्षामन्त्री पौडेलले अपेक्षा गरेभन्दा कम बजेट शिक्षाका लागि छुट्याइयो ।
बजेट घोषणापछि प्रतिनिधिसभामा छलफल चलिरहेको छ । सांसदहरूले शिक्षा क्षेत्रमा थोरै बजेट छुट्याइएकोमा प्रश्न मात्रै गरेनन् समस्याका विषयमा पनि प्रश्न गरे ।
शिक्षामन्त्री पौडेलले त्यसकाे एक/एक गरी जवाफ दिए । उनले शिक्षक दरबन्दी मिलान तथा दरबन्दी थप गर्ने, संघीय शिक्षा ऐन सहमति पछि संसद्मा प्रस्तुत गर्ने, पूर्वाधार निर्माण गर्ने विषयमा बाेले ।
शिक्षामन्त्रीले सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला, विद्यार्थी प्रोत्साहन कार्यक्रम, प्राविधिक तथा व्यवसायिक शिक्षा, उच्च शिक्षामा सुधार, विज्ञान तथा प्रविधिमा जोड, युद्ध र निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ, कक्षा ११–१२ को साझा प्रकाशनमार्फत छपाइ र नेपालमा दुई खाले शिक्षाका विषयमा उठेका प्रश्नहरूकाे जवाफ दिए ।