Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

मेरिल्याण्ड गोलीकाण्ड: मेसिन कारखानामा चल्यो गोली, तीनको मृत्यु

मेरिल्याण्ड गोलीकाण्ड: मेसिन कारखानामा चल्यो गोली, तीनको मृत्यु


  • 4.5K
    Shares

    मेरिल्याण्ड गोलीकाण्ड: मेसिन कारखानामा चल्यो गोली, तीनको मृत्यु
    images

    यहाँस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो ।

    राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताउनु भएको छ । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाउनु भएको छ । आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो ।

    वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २.३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ । गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन् ।

    यो वर्ष देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् । उक्त अवधिमा अमेरिकामा कम्तिमा एकसय १० गोलीबारी भएका छन् ।

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - १५:४९:०९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij