२०८२ माघ ९ गते शुक्रवार
कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुले सुझाबका आधारमा पाँच दिन २७ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
केही दिनदेखि गअत्याधिक गर्मी भई दैनिक जीवन कष्ठटकर हुँदै गइरहेको अवस्थामा पठनपाठन सञ्चालन गर्न समस्या भएपछि नगर प्रमुख, शिक्षक महासंघ पेशागत घटक क्रेसा, प्याब्सन, एन प्याब्सन तथा सरोकारवालाहरुको राय सुझावका आधारमा ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरीएको शिक्षा शाखा प्रमुख रविलाल मिजारले सूचनामा उल्लेख गरेका छन् । साथै उक्त विदालाई वर्षे विदामा मिलान गरीन समेत बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij