Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एनएमबि बैंक लिमिटेड र विन्ड पावर नेपालबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने

एनएमबि बैंक लिमिटेड र विन्ड पावर नेपालबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने


  • 4.3K
    Shares

    • images
    एनएमबि बैंक लिमिटेड र विन्ड पावर नेपालबीच समझदारी, आधुनिक कृषिमा सहयोग पुग्ने
    images

    एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रा.लि. सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

    उक्त समझदारी पत्र बमोजिम बैंकले विन्ड पावर नेपाल प्रा.लि.बाट हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणाली खरीद गर्न इच्छुक व्यक्ति तथा व्यवसायलाई कर्जा उपलब्ध गराउनेछ । हाइड्रोपोनिक्स भनेको माटोको प्रयोग नगरी बिरुवा उब्जाउने प्रविधि हो । यसले पानीमा आधारित पोषक तत्वहरू प्रयोग गरी ३ देखी १० गुणा बढी उत्पादन गर्न सक्दछ । उत्पादन चक्र छिटो छ र उत्पादित वस्तुको पोषण तत्व परम्परागत उत्पादन प्रणालीको तुलनामा उच्च रहन्छ ।

    एनएमबि बैंक एसएमई, एमएसएमई, कृषि, पूर्वाधार र ऊर्जामा लगानी मार्फत वास्तविक अर्थतन्त्रमा केन्द्रीत भएर राष्ट्रको विकास र समृद्धिको लागि दिगो बैंकिङ्ग गर्ने अग्रणी बैंकको नामले चिनिन्छ । यसबाहेक, बैंकले नेपालको नवीकरणीय ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई दिगो रूपमा रूपान्तरण गर्न नेपाल सरकारको बिजुली र जीवावशेष इन्धन आयातमा देशको निर्भरता घटाउने पहललाई सघाउ पुर्याउँदै आएको छ ।

    बैंकले दिगो बैंकिङ्गमा अग्रणी बैंकको रूपमा आफुलाई थप सुदृढ गर्दै IFC कार्यसम्पादन मापदण्डहरू समावेश गरी हरित लगानी कार्यविधि, र वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली विकास गरेको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि

    उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी  ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 

    प्रकाशित मिति :जेठ २६ २०७९ बिहिवार - १०:०९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij