Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

७५३ वटै स्थानीय तहमा विद्यालय कर्मचारी परिषद्ले ज्ञापनपत्र बुझाउने गर्यो यस्तो निर्णय

७५३ वटै स्थानीय तहमा विद्यालय कर्मचारी परिषद्ले ज्ञापनपत्र बुझाउने गर्यो यस्तो निर्णय


  • 6.0K
    Shares

    ७५३ वटै स्थानीय तहमा विद्यालय कर्मचारी परिषद्ले ज्ञापनपत्र बुझाउने गर्यो यस्तो निर्णय
    images

    नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग सम्बोधन गर्न गराउनका लागि प्रदेश तथा स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । समयानुकूल सेवा सुविधाका लागि प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउने भएको हो ।

    परिषद्को विजयस्मारक मावि डिल्लीबजारमा हिजो बसेको दोस्रो पूर्ण बैठकले कर्मचारीलाई राज्यले दिने तलबभत्ता र सेवा-सुविधाका विषयमा सातओटै प्रदेश र ७५३ ओटै स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।

    महासचिव योगीका अनुसार जेठ २७ गते ७ ओटै प्रदेश सामाजिक विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, जेठ ३० गते ७५३ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने र नेपाल शिक्षक महासंघसंग समन्वय गर्दै नयाँ निर्णय गर्ने भएको छ।

    विद्यालयमा लेखापाल र कार्यालय सहयोगी गरी दुई तहका कर्मचारी छन्। लेखापालले मासिक २० हजार पाँच सय रुपियाँ र कार्यालय सहयोगीले १५ हजार रुपियाँ तलब बुझ्दै आएका छन्। आगामी वर्षको बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलब सुविधा १५ प्रतिशत बढाउने घोषणा गरिसकेको छ । 

    प्रकाशित मिति :जेठ २३ २०७९ सोमवार - १३:५४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij