२०८२ भाद्र ४ गते बुधवार
मध्यपश्चिम विश्वविद्यालयले विभिन्न सङ्कायका क्याम्पसहरूका लागि शैक्षिक तथा प्रशासनिक पदहरूमा आवेदन माग गरेको छ । करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले असार २६ गते ३ बजेभित्र नियमित शुल्कमा र दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म आवेदन दिन सकिने छ ।
उपप्राध्यापक (करार)का लागि विभिन्न विषयमा १५ जना, आंशिक शिक्षक एक जना, प्रशासन अधिकृत एक जना र मुख्य सहायक एक जनाका, सहायक प्रशासन एक जनाका लागि आवेदन माग गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij