२०८२ भाद्र ४ गते बुधवार
गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी असारको अन्तिम सातामा मात्र सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “सकभर असार मसान्तसम्ममा नतिजा सार्वजनिक गर्ने योजना बनाएका छौँ ।” परीक्षा नियन्त्रण कार्यालयले छिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्ने गरी काम अगाडि बढाएको जनाएको छ ।
गत वैशाख २० गते परीक्षा सकिएको थियो । परीक्षा सकिए लगत्तै स्थानीय तह निर्वाचनमा कर्मचारी र शिक्षक खटिएपछि एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अगाडि बढ्न सकेन । जेठको पहिलो साताबाट मात्र उत्तरपुस्तिका परीक्षण थालिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयमा पनि उत्तरपुस्तिका परीक्षणको कार्य भइरहेको छ । कक्षा ११ को नयाँ भर्ना कार्य आगामी साउनभन्दा अगाडि सम्भव नहुने स्पष्ट देखिएको छ ।
गत वर्षको एसईईमा करिब पाँच लाख १४ हजार परीक्षार्थी सम्मिलित थिए । जापानबाट पनि २० जना परीक्षार्थी सम्मिलित भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij