Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आयोगले बढायो चिकित्सा शिक्षा शुल्क, कतिमा पढ्न पाइन्छ एमबीबीएस?

आयोगले बढायो चिकित्सा शिक्षा शुल्क, कतिमा पढ्न पाइन्छ एमबीबीएस?


  • 3.1K
    Shares

    आयोगले बढायो चिकित्सा शिक्षा शुल्क, कतिमा पढ्न पाइन्छ एमबीबीएस?

    चिकित्सा शिक्षा आयोगले एमबीबीएस लगायत चिकित्सा शिक्षाका स्नातक तह पठनपाठनका लागि शुल्क वृद्धि गरेको छ।

    आयोगको मंगलबारको बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो।आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। प्रधानमन्त्री शेरबहादुर देउवाकै सहमतिमा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका कार्यक्रमको अध्ययन शुल्क वृद्धि गरेको छ।

    आर्थिक वर्ष २०७९/०८० मा भर्ना हुने नयाँ विद्यार्थीले एमबीबीएस पढ्न काठमाडौं उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रूपैयाँ तिर्नुपर्ने हुन्छ। उपत्यकाबाहिरका हकमा एमबीबीएस पढ्न विद्यार्थीले ४५ लाख ९५ हजार सात सय २१ रूपैयाँ बुझाउनुपर्ने हुन्छ। जबकी यसअघि एमबीबीएस पढ्न करिब ४० लाख २३ हजार रूपैयाँ तिर्दा पुग्ने थियो।

    यस्तै बिडीएस पढ्न २० लाख ९२ हजार दुई सय ४८ रूपैयाँ शुल्क लाग्ने भएको छ। आयोगका एक सदस्यका अनुसार चार वर्षदेखि चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको थिएन। विश्वविद्यालय र क्याम्पसहरूले १० प्रतिशत शुल्क वृद्धि गरिनुपर्ने माग राखेका थिए।

    प्रकाशित मिति :जेठ १८ २०७९ बुधवार - १२:०४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij