२०८२ माघ ९ गते शुक्रवार
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शिक्षक महासंघले बजेट निर्माण प्रक्रियामा दिएको सुझाव सम्बोधन नगरी बजेट आएको भन्दै संशोधनका लागि अपिल गरेको छ ।
महासंघले विगत देखि शिक्षामा लगानी वृद्धि, शिक्षक दरबन्दीको अभाव, इसिडी शिक्षक, विद्यालय कर्मचारी, प्रविधि विभिन्न अनुदानमा नियुक्त शिक्षक, परम्परागत शिक्षक, विशेष विद्यालयका शिक्षकहरुको तलब सुविधाको साथै योगदानमा आधारीत सामाजिक सुरक्षा निती, विद्यालय खाजा कार्यक्रमको बारेमा उठाइएका सवालहरुका बारेमा वक्तव्य मौन रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।
गत वर्ष विभेद महसुस भएका निजामति विद्यालय विस्तार, अस्पताल तथा पर्यटन काजको बारेमा दिइएको आश्वासनका बारेमा वक्तव्य मौन रहेको विज्ञप्तिमा उल्लेख गरएिको छ । साथै बजेट वक्तव्यको संशोधनको लागि सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै नेपाल शिक्षक महासंघलाई तत्काल धारणा निर्माण गरी प्रधावकारी कदम चाल्न आग्रह गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij