Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

शनिबार र आइतबार विद्यालय बिदाबारे इकाइले जारी गर्यो यस्तो सूचना

शनिबार र आइतबार विद्यालय बिदाबारे इकाइले जारी गर्यो यस्तो सूचना


  • 14.3K
    Shares

    शनिबार र आइतबार विद्यालय बिदाबारे इकाइले जारी गर्यो यस्तो सूचना

    शिक्षा विकास तथा समन्वय इकाइ चितवनले सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थान गर्न सम्पूर्ण विद्यालयहरूलाई आग्रह गरेको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिन निर्णय गरेकाले सोही अनुसार व्यवस्था मिलाउन इकाइले अनुरोध गरेको छ ।

    चितवन जिल्लामा सञ्चालनमा रहेका सबै विद्यालयहरूलाई सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन गर्न इकाइले आग्रह गरेको हो । आइतबार र शनिबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे बिदाबाट कटौती गरि पूर्ति गर्न इकाइले आग्रह गरेको छ ।

    वर्षभरिमा अधिकतम ३० दिनसम्म एकै पटक वा पटक गरेर बिदा दिन सकिने गरि स्थानीय तहले बिदा समायोजन गर्नुपर्ने इकाइले जनाएको छ ।

     

    1653652735-Ycrec.jpg

    प्रकाशित मिति :जेठ १५ २०७९ आइतवार - १०:५१:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij