Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन

अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन


  • 14.4K
    Shares

    अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन

    राष्ट्रिय किताबखाना (शिक्षक) ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन दिएको छ ।

    निवृत्तभरण सुविधाको लागि राष्ट्रिय किताबखानामा फाईल पेश हुँदा विरामी विदा पुष्टयाई गर्ने प्रमाणित अभिलेखहरु संलग्न गरी फाईलसाथ पेश गर्ने व्यवस्था गर्नगराउन निर्देशन दिएको हो ।

    शुरु स्थायी नियुक्ति देखि अवकाश अवधि सम्म एउटै विद्यालयमा कार्यरत रहेको शिक्षकहरुको हकमा शैक्षिक सत्र २०७३ र अवकाश हुँदाको शैक्षिक सत्रको विद्यालयमा रहेको विरामी विदा अभिलेखको प्रति इकाई प्रमुखबाट प्रमाणित भएको हुनु पर्ने, विभिन्न विद्यालयमा सरुवा भई तत्कालीन रमाना पत्रमा विरामी विदा उल्लेख नभएको हकमा सम्वन्धित रमाना पूर्व कार्यरत विद्यालयको विरामी विदा अभिलेख इकाई प्रमुखबाट प्रमाणित भएको हुनुपर्ने, विरामी विदाको निर्धारित ढाँचाको सारांस फाराममा उल्लेखित महलहरु रुजु गर्दा संख्यात्मक विवरण मिलानमा ध्यान दिई सम्वन्धित विद्यालयको प्रधानाध्यापक, सम्वन्धित पालिकाको शिक्षा प्रमुख र एकाई प्रमुखबाट अनिवार्य प्रमाणित भएको कागजात फाइलमा समावेश गर्नु पर्ने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

    282179613_2360214457455021_3409768355626623604_n.jpg

    प्रकाशित मिति :जेठ १२ २०७९ बिहिवार - १४:१४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij