Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

आइतबार पनि विद्यालय खोल्न मेयरले दिए यस्तो आदेश

आइतबार पनि विद्यालय खोल्न मेयरले दिए यस्तो आदेश


  • 4.6K
    Shares

    आइतबार पनि विद्यालय खोल्न मेयरले दिए यस्तो आदेश

    इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयहरुमा आइतबार विदा नदिने आदेश गरेका छन् ।

    जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन यथावत रुपमा पठपाठन हुने निर्णय गरेका हुन् ।

    नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले सबै विद्यालयमा पत्राचार गर्दै मेयरको आदेश अनुसार पठन पाठन गराउन आग्रह गरेका छन् ।

    सरकारले जेठ १ देखि सामुदायिक विद्यालयहरुमा पनि आइतबार सार्वजनिक विदा दिएको छ । तर देउमाईका मेयर पोखरेलले भने आइतबार विदा नदिने निर्णय गरेका हुन् ।

    नगरपालिकाको पत्र:

    deumai-municipality.jpg

    प्रकाशित मिति :जेठ ११ २०७९ बुधवार - १४:४६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij