Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

मतदानस्थल भएका सबै विद्यालयलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन (पत्रसहित)

मतदानस्थल भएका सबै विद्यालयलाई शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन (पत्रसहित)


  • 25.8K
    Shares

    मतदानस्थल भएका सबै विद्यालयलाई  शिक्षा मन्त्रालयले दियो यस्तो निर्देशन (पत्रसहित)

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन दिएको छ ।

    मन्त्रालयले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते सम्म मतदानकेन्द्र भएको विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।

    मतदानस्थल तथा मतदान केन्द्रहरु रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले उक्त मतदान स्थल तथा मतदान केन्द्र तोकिएको विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरुलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    सोही अनुसार सबै स्थानीय तहमा पत्रानुसारको व्यवस्थाको लागि आवश्यक सहजीकरण गर्न समेत आग्रह गरेको छ ।

     

    279735542_1380606425787134_3053568348820506851_n-768x807.jpg

     

    प्रकाशित मिति :बैशाख २२ २०७९ बिहिवार - १४:०३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij