Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

स्वतन्त्र उम्मेदवार कुमार गुरुङ्गको पुतली चिन्ह

स्वतन्त्र उम्मेदवार कुमार गुरुङ्गको पुतली चिन्ह


  • 11.7K
    Shares

    स्वतन्त्र उम्मेदवार कुमार गुरुङ्गको पुतली चिन्ह
    images

    आउदै गरेको स्थानिय निर्वाचनमा विगत ४० बर्षदेखी नेपाली काङग्रेसमा क्रियाशील रहेका वारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ का कृष्ण कुमार गुरुङ्ग पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रुपमा वडा अध्यक्षमा उठ्नुभएको छ ।

    नेपाली काङग्रेसको इमान्दार तथा समाजसेवी व्यक्तिको रुपमा परिचित गुरुङ्गको पार्टीले आफ्नो योगदानको अवमुल्यन गरेको साथै आफू भन्दा अयोग्य र अलोकप्रिय व्यक्तिलाई वडा अध्यक्षको उम्मेदवार बनाएको हुनाले आफू स्वतन्त्र उम्मेदवार उठेको बताउनुभयो ।

    हिजोको अप्ठ्यारो परिस्थितीमा ध्याम्पेसल आसपासका क्षेत्रहरुमा काङग्रेसलाई जोगाउन आफ्नो ज्यान दाउमा राखेको बताउनुभयो । खबर सेन्टर सँगको कुराकानीमा गुरुङ्गले भन्नुभयो, "मैले संगठन जोगाएर उत्पादन गरेका कार्यकर्ताहरु आज देशको निर्णयक ठाँउमा पूगिसके, कति संसद भए केही मन्त्री भए तर म गाँउमै सेवा गर्छु भन्दा पनी पार्टीले पत्याएन ।"

    सामाजीक क्षेत्रमा पनी उत्तिकै सक्रिय गुरुङ्गलाई पार्टीबाट स्वतन्त्रको उम्मेदवार फिर्ता लिन आग्रह गरेपनि राम्चे, तिनखण्डे, पहरे, जराड्ग तथा ध्याम्पेसनलका जनताहरुले स्वतन्त्र रुपमै चुनाव जिताउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोले आफ्नो उम्मेदवारी फिर्ता नलिएको जानकारी गराउनुभयो ।

    279433344_778047409833490_1305350427586263909_n.jpg

    वारपाक सुलिकोट गाउपालिका वडा नम्बर ८ लाई समृद्ध र विकासीत गराउनको लागि, साथै भष्ट्रचार रहित समाज निर्माण गर्नको लागि आफ्नो उम्मेदवारी दिएकोले वडा नम्बर ८ को जनताहरुलाई पुतली चिन्हमा मतदान गर्न आग्रह गर्दै बजारमा विपक्षि पार्टीहरु आत्तिएर मेरो उम्मेदवारी फिर्ता भएको हल्ला फिजाएको हुनाले आफ्नो उम्मेदवारी कायमै रहेको जानकारी खबर सेन्टर मार्फत सम्पूर्ण ८ नम्बर वडावासीहरुलाई दिनुभएको छ । 

    प्रकाशित मिति :बैशाख १८ २०७९ आइतवार - १६:१४:०९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij