Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अनेसासको अद्यावधिक समितिमा प्रा डा लुइँटेल

अनेसासको अद्यावधिक समितिमा प्रा डा लुइँटेल


  • 2.7K
    Shares

    • images
    अनेसासको अद्यावधिक समितिमा प्रा डा लुइँटेल
    images

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आजीवन सदस्यता अद्यावधिक समितिको संयोजकमा प्रा डा खगेन्द्रप्रसाद लुइँटेल चयन हुनुभएको छ ।

    अनेसासको मङ्गलबार बसेको बैठकले प्रा डा लुइँटेलको संयोजकत्वमा तीन सदस्यीय आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो ।

    समितिको सदस्यमा साहित्यकारद्वय राम खत्री र राम लामा ‘अविनाशी’ रहनुभएको छ । नेपाली भाषा, साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना गरिएको हो ।

    बत्तीस वर्ष पुरानो संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा हाल विश्वभर ६० भन्दा बढी शाखा छन् भने दुई हजार २०० सदस्य रहेको अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।

    तथ्याङ्क सङ्कलनका लागि अनेसासले प्रा डा लुइँटेलको संयोजकत्वमा आजीवन सदस्यता अद्यावधिक समिति गठन गरेको हो ।

    प्रकाशित मिति :बैशाख ७ २०७९ बुधवार - ११:१७:२८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij