Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: मापदण्डअनुसार भवन बनाउन केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: मापदण्डअनुसार भवन बनाउन केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)


  • 8.9K
    Shares

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: मापदण्डअनुसार भवन बनाउन केन्द्रले जारी गर्यो यस्तो सूचना (सूचनासहित)

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका विद्यालयलाई विद्यालय शिक्षा मापदण्ड शाखाले तोकेअनुसार भवन बनाउन निर्देशन दिइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    दुईकोठे, चारकोठे र आठकोठे भवनको नमुना डिजाइन ड्रइङ शिक्षा विकास तथा मानव स्रोत केन्द्रको वेबसाइट www.cehrd.gov.np मा गएर हेर्न सकिनेछ ।

    यस्तै, शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ काठमाडौंले तयार पारेको दुईकोठे र चारकोठे विद्यालय भवनको डिजाइन ड्रइङ समेत सम्बन्धित स्थानीय तहबाट स्वीकृत गराई निर्माणकार्य सञ्चालन गर्न/गराउन सकिने बताइएको छ ।

    उल्लेखित डिजाइन परिमार्जन वा परिवर्तन गर्नुपरेमा राष्ट्रिय भवन निर्माण संहिता तथा अन्य प्रचलित ऐनसँग नबाझिने गरी गर्नुपर्नेछ ।

    सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । छानिएका मध्ये चारकोठे भवन ९७६, दुईकोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापनामा २१ वटा परेका छन् ।

    छनोट भएका विद्यालय भवन निर्माणका लागि केन्द्रले स्थानीय तहमा बजेट विनियोलन गरिसकेको छ । चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख रुपैयाँ, आईसीटी ल्याब व्यवस्थापनका लागि ६ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख ६ हजार रुपैयाा दिने निर्णय भएको थियो ।

    राष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्ट्याएको थियो । जसमा मुुलुुकका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए ।

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १६:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij