Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सेवाबाट कर्मचारी हटेमा नयाँ नियुक्ति नगर्न केन्द्रले गर्यो यस्तो निर्देशन (निर्देशनसहित)

सेवाबाट कर्मचारी हटेमा नयाँ नियुक्ति नगर्न केन्द्रले गर्यो यस्तो निर्देशन (निर्देशनसहित)


  • 10.1K
    Shares

    सेवाबाट कर्मचारी हटेमा नयाँ नियुक्ति नगर्न केन्द्रले गर्यो यस्तो निर्देशन (निर्देशनसहित)

    शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले विद्यालय समायोजन गरिदा कर्मचारीलाई पनि समायोजित विद्यालयमा विद्यार्थी संख्या र आवश्यकता अनुरुप समायोजन गर्न सम्पूर्ण शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ ।

    नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समिति, काठमाडौंले विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ अनुसार विद्यालय समायोजन गर्दा शिक्षक तथा बालविकास सहयोगी कार्यकर्ताको समायोजनको विषय उल्लेख भएको तर विद्यालय कर्मचारी बारे स्पष्ट नहुँदा तलब भत्ता लगायत व्यवस्थापनमा समस्या परेको भन्दै मन्त्रालयमा दिएको निवेदनमा छलफल हुँदा सो विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २० को मन्त्रीस्तरीय निर्णय भएकोले समायोजन गर्न सम्पूर्ण शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको हो ।

    केन्द्रले सूचना जारी गर्दै समायोजित विद्यालयमा विद्यालय कर्मचारीको आवश्यकता नहुने भए स्थानीय तहले त्यस्ता कर्मचारीलाई स्थानीय तह क्षेत्रभित्रको अन्य आवश्यक विद्यालयमा पठाउन सक्ने निर्णय भएको जनाएको छ । साथै स्थानीय तहभित्र त्यस्ता कर्मचारीको व्यवस्थापन गर्न आवश्यक नभए स्थानीय तहले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने र इकाइले जिल्ला भित्रको कर्मचारी आवश्यक पर्ने विद्यालयमा पठाइ व्यवस्थापन गर्न भनिएको छ ।

    त्यसैगरी विद्यालय कर्मचारीको दीर्घकालीन व्यवस्थापन नहुञ्जेलसम्मका लागि समायोजन भएकै विद्यालयमा कामकाज गर्ने र सो अवस्थामा समायोजन भएकै विद्यालयमा एकभन्दा बढी विद्यालय कर्मचारीको लागि अनुदान रकमको व्यवस्थापन गर्ने, ती कर्मचारी सेवाबाट हटेमा वा अन्यत्र विद्यालयमा गई रिक्त भएको अवस्थामा नयाँ नियुक्ति नगर्न निर्देशन दिएको छ ।

    unnamed-10-696x1024.jpg

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - ११:१२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij