Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक र कर्मचारीको सेवासुविधाबारे यस्तो छ शिक्षामन्त्री पौडेलको भनाई!

शिक्षक र कर्मचारीको सेवासुविधाबारे यस्तो छ शिक्षामन्त्री पौडेलको भनाई!


  • 13.6K
    Shares

    शिक्षक र कर्मचारीको सेवासुविधाबारे यस्तो छ शिक्षामन्त्री पौडेलको भनाई!

    शिक्षक र कर्मचारीको सेवासुविधाको व्यवस्था एउटै किसिमको बनाउने गरी मन्त्रालयले काम गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् ।

    मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरक्रियामा उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् ।

    उनले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरूको भएको बताउँदै सामुदायिक विद्यालय सुधार गर्न सामुहिक संकल्पको आवश्यक रहेको बताए ।

    तत्काल भएकै शिक्षकबाट शिक्षा प्रणाली चल्ने बताउँदै उनीहरूको क्षमता अभिवृद्धिका लागि मन्त्रालयले तालिम गोष्ठीको आयोजना गर्ने बताए ।

    उनीहरूलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटका कमी नहुने बताए । शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरूको भएको बताउँदै उनले सामुदायिक विद्यालय सुर्धान सामुहिक संकल्पको आवश्यक रहेको औंल्याए ।

    अन्तरक्रियामा सहभागीले संघीय शिक्षा ऐन नआएको, एक विद्यालय एक नर्स विद्यार्थी संख्याको आधारमा एक नर्सबाट गाह्रो भएकोले विद्यार्थी संख्याका आधारमा हुनु पर्ने, दरबन्दी मिलानको नाममा पालिकालाई तरबार तेर्साएको लगायतका विषय राखेका थिए।

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - १४:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij