२०८२ मंसिर ६ गते शनिवार
श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ ।
औषधिको अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय लिएको हो ।
यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो । बिरामीको जीवन रक्षा गर्न यस्तो निर्णय लिएको जीएमओएका सचिव डा.सेनाल फर्नान्डोले बताए ।
सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij