Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

उच्च शिक्षा ऐन २०७८ कार्यान्वयनमा

उच्च शिक्षा ऐन २०७८ कार्यान्वयनमा


  • 15.5K
    Shares

    उच्च शिक्षा ऐन २०७८ कार्यान्वयनमा

    बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसंगै प्रदेश सरकारले आवश्यक काम समेत अघि बढाएको छ ।

    मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा आइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले जानकारी दिए ।

    ‘परिषद्को पहिलो बैठकमा विभिन्न समितिलाई पूर्णता दिने, प्रदेश विश्वविद्यालय तथा मानित विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवथापनका लागि बोर्ड अफ ट्रष्टी स्थापना गर्ने, नियमावली बनाउने लगायतका काम सुरु गर्ने विषयमा छलफल भएको छ ।’ उनले भने, ‘ऐन कार्यान्वयन सुरु भइसकेको छ, यसले व्यवस्थापन गरेको काम सञ्चालनका लागि बाटो खुलेको छ ।’

    प्रदेशसभाले सो ऐन गत चैत १४ गते जारी गरेको थियो । बैठकमा परिषद्का उपाध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाललगायतको उपस्थिति थियो ।

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - १३:४८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij