Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शिक्षक सेवा आयोग: लाइसेन्सको सूचना यहि चैत अन्तिममा, असारमा परीक्षा, मंसिरमा लाइसेन्स वितरण

शिक्षक सेवा आयोग: लाइसेन्सको सूचना यहि चैत अन्तिममा, असारमा परीक्षा, मंसिरमा लाइसेन्स वितरण


  • 23.9K
    Shares

    शिक्षक सेवा आयोग: लाइसेन्सको सूचना यहि चैत अन्तिममा, असारमा परीक्षा, मंसिरमा लाइसेन्स वितरण
    images

     शिक्षक सेवा आयोगले तीनै तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को सूचना यहि चैत अन्तिममा जारी गर्ने भएको छ ।

    आयोगले मिति भने तोकेको छैन । आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको अध्यापन अनुमतिपत्रको सूचना चैत अन्तिममा जारी गर्ने भएको हो ।

    आयोगका अनुसार परीक्षा २०७९ को असारमा हुनेछ भने नतिजा असोजमा सार्वजनिक गरिनेछ । अध्यापन अनुमतिपत्र वितरण मंसिर महिनामा गरिने आयोगको वार्षिक कार्यतालिकामा उल्लेख छ । हालसम्म सात लाख जना भन्दा बढीले शिक्षण अध्यापन अनुमति पत्र लिएको आयोगले जनाएको छ ।

    आयोगका अनुसार हालसम्म प्राथमिक तहमा दुई लाख दुई हजार ७१२ जनाले, निम्न माध्यामिक तहमा तीन लाख सत्तरी हजार १२ जनाले र माध्यामिक तहमा एक लाख ४४ हजार तीन सय ८१ जना गरी सात लाख १७ हजार एक सय पाँच जनाले लाइसेन्स लिएका छन् ।

    यस्तो छ आयोगको कार्यतालिका:

    1647859672-Kyv3L.jpg

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - १४:१९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij