Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चैत २५ गतेदेखि तनहुँमा ७५ हजार बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप

चैत २५ गतेदेखि तनहुँमा ७५ हजार बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप


  • 5.5K
    Shares

    • images
    चैत २५ गतेदेखि  तनहुँमा ७५ हजार बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप
    images

    तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

    टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने सङ्क्रामक रोग भएकाले खोप लगाउन सबैले उत्प्रेरणा जगाउनुपर्ने अधिकारीले बताए । धेरै विद्यार्थी भएको विद्यालयमै खोप केन्द्र राखेर खोप लगाइनेछ भने कम विद्यार्थी भएको विद्यालयलाई नजिकैका विद्यालय वा स्वास्थ्यमार्फत खोप लगाउने व्यवस्था मिलाइनेछ ।

    चैत २५ देखि २९ गतेसम्म पहिलो चरणमा र चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ । विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा खोप लगाउन नहुने कार्यालयले जनाएको छ ।

    साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा पनि खोप लगाउन नहुने कार्यालयले जनाएको छ । टाइफाइड खोप लगाएपछि अन्य खोपमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हातगोडा तथा जोर्नी दुख्ने हुने भए पनि विस्तारै ठिक हुने अधिकारीले बताए ।

    उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने टाइफाइडका मुख्य लक्षण हुन् । स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्र चौधरीका अनुसार खोप टोलीमा खोप दिने स्वास्थ्यकर्मी कम्तीमा एक जना र आवश्यकता अनुसार थप गरिनेछ ।

    प्रत्येक खोप केन्द्रमा एक जना महिला स्वास्थ्य स्वयंसेविका र अनिवार्य रुपमा एक जना तोकिएको महिला शिक्षिका परिचालन हुनेछन् ।विद्यालय बाहिर खोप केन्द्र भएमा एक जना स्वयंसेविका र खोपकेन्द्र नरहेको नजिकैको विद्यालयबाट महिला शिक्षिका एक जनालाई स्वयंसेवक छनोट गरिने चौधरीले बताए ।

    टाइफाइड ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ ।यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए तापनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

    टाइफाइड जस्ता पानीजन्य सङ्क्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर पिउन, खाना खानुअघि, दिसा पिसाब गरेपछि, खाना बनाउनु वा छुनु अघि, बालबालिकालाई खाना खुवाउनु अघि साबुनपानीले हात धुन कार्यालयले अनुरोध गरेको छ । 

    प्रकाशित मिति :चैत्र १७ २०७८ बिहिवार - १६:४९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij