Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पत्रकारको स्वास्थ्यपरीक्षण

पत्रकारको स्वास्थ्यपरीक्षण


  • 3.8K
    Shares

    • images
    पत्रकारको स्वास्थ्यपरीक्षण
    images

    जिल्लाका १६६ पत्रकारको स्वास्थ्यपरीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा आज रगतको नमूना सङ्कलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला प्रमुख उर्मिला कँडेलका अनुसार १६६ पत्रकारको रगतको नमूना सङ्कलन गरिएको छ ।

    उक्त नमूनाबाट कलेजो, मिर्गाैला रोग, मधुमेह, थाइराइड, रगतमा बोसोको मात्रा, सिविसी (ब्लड इन्फेक्सन), तीन महिनासम्म मधुमेहको अवस्था जनाउने एचबिए वान सि, रगतमा हेमोग्लोबिनको मात्रा, रक्त समूह लगायत ८ प्रकारका परीक्षण गरिने छ । यही चैत १६ गते महासङ्घको कार्यालय भरतपुरमा फिजिसियन डा भोजराज अधिकारीको नेतृत्वमा भरतपुर अस्पतालका वरिष्ठ चिकित्सकले आज सङ्कलित रगतको रिपोर्ट हेर्ने र आवश्यक स्वास्थ्य परामर्श गर्नुहुनेछ ।

    कार्यक्रम संयोजक विप्लव काफ्लेका अनुसार स्वास्थ्यमा थप समस्या देखिएमा भरतपुर र अन्य अस्पतालमा थप उपचारको समन्वय गरिने छ । परीक्षणपछि आवश्यक परेमा उपलब्ध औषधिसमेत निःशुल्क व्यवस्था गरिएको छ । नेपाल औषधि व्यवसायी सङ्घ चितवनले औषधि सहयोग गर्ने छ ।

    प्रकाशित मिति :चैत्र १४ २०७८ सोमवार - १५:४९:०६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij