Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित


  • 3.0K
    Shares

    • images
    इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
    images

     इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।

    “हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो । उहाँले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नु भएको जनाइएको छ ।

    उहाँ त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जानु भएको थियो । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए । घटनाका बारेमा उहाँले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्नु भएको थियो ।

    प्रकाशित मिति :चैत्र १४ २०७८ सोमवार - १३:२९:०१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij