Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जब्बर तानाशाह कसरी कमरेड हुनसक्छ भन्दै ओली माथी अष्टलक्ष्मीले लगाईन धारेहात 

जब्बर तानाशाह कसरी कमरेड हुनसक्छ भन्दै ओली माथी अष्टलक्ष्मीले लगाईन धारेहात 


  • 7.5K
    Shares

    जब्बर तानाशाह कसरी कमरेड हुनसक्छ भन्दै ओली माथी अष्टलक्ष्मीले लगाईन धारेहात 

    काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली अब कामरेड नभएको बताएकी छन् ।

    बुधबार प्रचण्ड–नेपाल समूहको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली प्रतिगमनकारी  तानाशाही, स्वेच्छाचारी भएका कारुण आफूले कामरेड भन्न छाडेको बताएकी हुन् ।

    ‘केपी ओलीलाई कमरेड भन्न छाडिसकेकी छु। उहाँ कमरेड होइन अब, उहाँ त प्रतिगमनकारी हो, तानाशाही हो, स्वेच्छाचारी हो’, शाक्यले भनिन् ।

    उनले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र, संविधान, संघीयताको ओलीले चीरहरण गरेको आरोप लगाइन्।

    ‘ओलीले हामीले दुःख गरेर बलिदान गरेर ल्याएको संविधानमाथि धावा बोले, संघीयतामाथि, गणतन्त्रमाथि अपहरण र चीरहरण गरेका छन्, त्यस्तो व्यक्तिलाई किन कमरेड भन्नेरु त्यसैले उहाँ तानाशाही नेता हो’, उनले भनिन्।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १४:४१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij