Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नारायणकाजीलाई धमिरो भन्दै यसरी कुर्लिए लेखराज भट्ट

नारायणकाजीलाई धमिरो भन्दै यसरी कुर्लिए लेखराज भट्ट


  • 10.7K
    Shares

    नारायणकाजीलाई धमिरो भन्दै यसरी कुर्लिए लेखराज भट्ट

    नेकपा ओली समूहले मंगलबार धनगढीमा आयोजना गरेको तेस्रो बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा नारायणकाजी श्रेष्ठलाई ल्याएपछि पूर्व माओवादीको अवसान सुरु भएको बताएका छन् ।

    ‘शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा एकता केन्द्र भन्ने जोडिएको थियो,’ नेता भट्टले भने, ‘त्यहीँबाट पूर्व माओवादीको अवसान हुन सुरु भएको हो ।’ नेता भट्टले नारायणकाजी श्रेष्ठलाई एकतामा ल्याउनु ठुलो भूल भएको बताए ।

    ‘यदि उहाँलाई त्यो एकतामा नल्याएको भए माओवादी पार्टी हिजोको भन्दा ठूलो बलियो हुने थियो,’ उनले भने, ‘नारायणकाजी त्यो पार्टीमा धमिरोको रूपमा पसे र आज पनि यहाँ त्यही गरे ।’ वैद्य,बादल र विप्लवले पार्टी छोड्नुको कारण पनि श्रेष्ठ रहेको भट्टको आरोप थियो ।

    प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट तीव्र असहयोग हुन थालेपछि बाध्य भएर संसद् विघटन गर्नुपरेको उनले सुनाए । भट्टले सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने भन्दै कार्यकर्तालाई चुनावमा केन्द्रित हुन समेत निर्देशन दिएका थिए । ‘वैशाख १७ र २७ मै निर्वाचन हुन्छ,’ नेता भट्टले भने, ‘तपाईंहरू ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोस् ।’

    नेता भट्टले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टी अधिकारीक हुने र चुनाव चिन्ह समेत पाउने दाबी गरे ।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १९:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij