Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

एनएलजी इन्स्योरेन्सको साधारणसभा चैत्र १७ गते, बुकक्लोज कहिले ?

एनएलजी इन्स्योरेन्सको साधारणसभा चैत्र १७ गते, बुकक्लोज कहिले ?


  • 2.9K
    Shares

    एनएलजी इन्स्योरेन्सको साधारणसभा चैत्र १७ गते, बुकक्लोज कहिले ?

    एनएलजी इन्स्योरेन्सले साधारण सभा आह्वान गरेको छ । कम्पनीले लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले चैत १७ गते, बिहान १०ः३० बजे, आम्रपाली ब्याङ्केट, बालुवाटारमा १६ औं वार्षिक साधारण सभा बोलाएको छ।

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

    शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्नेछ। यस्तै, सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ।

    साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले चैत ६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार चैत २ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने शेयर पाउनेछन्।

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - ११:११:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij